पाल्पाको भुवनपोखरीमा जिप दुर्घटना हुदा, तीन जना घाइते

नवलपुर टुडे

सारांश
पाल्पा, साउन १२ गते । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीस्थित झिरुबासमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि तानसेनतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
भुवनपोखरीको झिरुबासबाट तानसेनतर्फ आइरहेको लु १ ज २१६९ नम्बरको जिप बिहीबार बिहान साढे ८ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । गएरातिदेखि नै पानी परिरहेकाले चिप्लो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




