बुटवलबाट ५ जना विद्यार्थीले ल्याए जीपीए चार

नवलपुर टुडे

सारांश
बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रुपन्देहीवाट ५ जना विद्यार्थीले जीपीए चार ल्याएका छन् । जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार एक सामुदायिक बिद्यालयसहित रुपन्देहीमा पाँचजनाले ल्याएका हुन् । अक्सफोर्ड माबिका दुई, होराइजन माबिका दुई जना र कालिका मानवज्ञानबाट एक जनाले जीपीए चार ल्याएका हुन् ।
बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट एक जनाले जीपीए चार प्राप्त गरेका हुन् । कालिकाका छात्र विवेक न्यौपानेले ४.० जीपीए ल्याएको विद्यालयका शिक्षक युवराज कंडेलले जानकारी दिनुभयो । कालिका नेपालकै धेरै विद्यार्थीले अध्ययन गर्ने सामुदाियक स्कुल हो जहाँ आठ हजार विद्यार्थी अध्यय्नरत छन् । परीक्षामा ६०६ जना विद्यार्थी सहभागी भएका थिए ।
अक्सफोर्डका बिद्यार्थीहरु बिलक्षण भुसाल र दिपेश भुसालले जिपीए चार ल्याएको बिद्यालयले जनाएको छ । त्यस्तैगरी बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट दुई जनाले जीपीए चार प्राप्त गरेका हुन् । होराइजनका स्प्रीया ढकाल र बिमर्श ज्ञवालीले जीपीए चार ल्याएको बिद्यालयले जनाएको छ । रुपन्देहीका ३३५ बिद्यालयका १७ हजार ६९३ जना बिद्यार्थी परिक्षामा सामेल भएको जिल्ला शिक्षा इकाई रुपन्देहीले जनाएको छ । लुम्बिनी प्रदेशमा ८६ हजार ४८७ उत्तीर्ण भएका छन् । जुन कुल उत्तीर्णको १७.४५ प्रतिशत हो ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




