त्रिभुवन विमानस्थलबाट १ किलो ६ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

नवलपुर टुडे

सारांश
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपामा भन्सार छली लैजान लागेको १ किलो ६ सय १० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
राहदानी नम्बर एम ४९५०८९५ वाहक ४२ वर्षीय यूसुफ हारोनलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा भित्री वस्त्रमा प्लास्टिकभित्र लुकाई ल्याई भन्सार छली लैजान लागेको उक्त सुनसहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




