बाँकेमा दाजु–भाउजुको निर्देशनमा भाइ–बुहारीको हत्या

नवलपुर टुडे

सारांश
बाँके । आमाबाबुले भाइ–बुहारीलाई धेरै माया गरेको झोकमा बाँकेमा दाजु र भाउजुले भाइ र बुहारीको हत्या गराएका छन् । कोहलपुर नगरपालिका–१४ पार्वतीपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जली गडरिया मंगलबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए ।
अनुसन्धानको क्रममा प्रहरीले हत्यामा संलग्न एक व्यक्तिलाई पक्राउ गरेपछि हत्याको योजना खुलेको हो । प्रहरीले हत्याको अभियोगमा विजयकुमार गडरियालाई पक्राउ गरेको छ । अनुसन्धानबाट दाजु र भाउजुको निर्देशनमा भारतीय सुटरले भाइ–बुहारीको हत्या गरेको खुलेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
पक्राउ परेका विजयले भाइ–बुहारीको हत्या गर्न भारतीय नागरिकलाई सुपारी दिएको बयान प्रहरी समक्ष दिएको एसपी अधिकारीले बताए । ‘दाजु विजयकुमार र उनकी श्रीमती रेखाको योजनामा भाइ कृष्ण र उनकी श्रीमती अञ्जलीको हत्या गरेको तथ्य खुलेको छ,’ एसपी अधिकारीले भने । आमाबाबुले भाइ–बुहारीलाई बढी माया गरेको र आफूहरूलाई टाढा बनाएको रिसले भारतबाट मानिस ल्याएर हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको उनले बताए । उनले घटनामा चार जनाको संलग्नता देखिएको बताए ।
श्रीमतिको हत्या गरेपछि कृष्णले प्रतिवाद गर्दा उनको पनि हत्या गरेको हुनुपर्छ,’ एसपी अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘बुहारीलाई डोरीले घाँटी कस्नुका साथै मुख थुनेर हत्या गरेको देखिएको छ । भाइलाई हातको नशा काटेर मुख थुनेरै हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।’ कृष्णको परिवार बस्ने गरेको घरकै माथिल्लो तलामा दाजु भाउजु बस्दै आएका थिए ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बुवाआमा घरमा नभएको मौका छोपी दाजुले भारतबाट मान्छे बोलाएर मार्न लगाएको बताए । ‘भारतका दुई जना मानिसलाई एक लाख रुपैयाँ दिएर भाइ–बुहारीको हत्या गर्न लगाएको खुलेको छ,’ मल्लले भने । कृष्ण र अञ्जलीको विवाह एक वर्षपहिले मात्रै भएको थियो ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




