Opens in a new tab

बेहोस प्रहरी हवल्दारको हेलिकप्टरमार्फत उद्धार

नवलपुर टुडे

29Shares

सारांश

डोटी, साउन ६ । डोटीको प्रहरी चौकी डौडमा कार्यरत प्रहरी हवल्दार गगनसिंह धामीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। सायल गाउँपालिका–२ सिर्मा बस्तीस्थित पहिरो जोखिममा रहेको छ। त्यसको अवस्था बुझ्न जाने क्रममा एकाएक बिरामी परी बेहोस भएका थिए।

उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। बेहोस भएका धामीलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख लक्ष्मीराज जोशीले बताए।उनका अनुसार धामीको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अरुपनि पढ्नुहोस

सबै