चुम्लिङटारमा बस र विङ्गनर गाडी दुर्घटना, एकको मृत्यु, १८ जना घाइते

नवलपुर टुडे

सारांश
चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं–३ स्थित पृथ्वीराजमार्गको चुम्लिङटारमा बस र विङ्गनर गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १८ जना घाइते भएका छन् । काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको विङ्गनर गाडी बिहीबार बेलुकी ५ः२० बजेको समयमा एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो ।
दुर्घटनामा नामथर वतन नखुलेको ३५ वर्षीय पुरुष व्यक्तिको चितवन मेडिकल कलेजमा ६ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरुमा विङगरमा सवार गुल्मी तम्घास नगरपालिका १ बस्ने वर्ष २७ को आशिष पन्थी, रुपन्देहीको देवदह ६ बस्ने वर्ष २६ की लक्ष्मी श्रेष्ठ, सुनसरीको हरिनगर गाउँपालिका ५ बस्ने वर्ष ४३ को प्रकाशकुमार मेहेता, रुपदेन्ही बस्ने वर्ष २७ को सुमित शर्मा, रत्ननगर नगरपालिका १३ बस्ने वर्ष २६ को सविना पोख्रेल रहेका छन् ।
यस्तै, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको घाइतेहरुमा विङगर चालक रुपन्देही बुटवल नगरपालिका २ बस्ने वर्ष २५ को कमल दर्जी, सोही बसका साहु नवलपरासी सुनौल नगरपालिका ७ बस्ने वर्ष ३० को कृष्णबहादुर राक्स्य, भरतपुर ११ भोजाड बस्ने वर्ष ३७ को सुशीला पौड्याल, सोही ठाउँका वर्ष १२ का दीपशिखा पौड्याल, वर्ष १० का दिप्सन पौड्याल रहेका छन् ।
यस्तै, नवलपुर गैँडाकोट २ बस्ने वर्ष ४० की पार्वती ढकाल, गुल्मी मदाने ६ बस्ने वर्ष ४० को कृष्णबहादुर घर्ती क्षेत्री, नवलपरासी अरुणखोला मध्यबिन्दु ११ बस्ने वर्ष ३४ को बाबुराम परियार, रुपन्देही देवदह २ बस्ने वर्ष २२ को शिव सारु, नवलपुर गैँडाकोट २ बस्ने वर्ष १२ की नुतन ढकाल, बसको सहचालक डोटी जुराइल १ बस्ने वर्ष २४ को हिरज डाँगी र बझाङ बुङ्गल ११ बस्ने वर्ष १९ को खड्क पातलीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




