Opens in a new tab

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

नवलपुर टुडे

29Shares

सारांश

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनलाई संक्रमण भएको ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले पुष्टि गरेकी छन्।

कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ। बाइडेनलाई मध्यम खाले लक्षण देखिएको र एन्टीभाइरल औषधी लिइरहेको बताइएको छ।

७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ र उनले आफ्नो सबै काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ। राष्ट्रपति बाइडेनकी पत्नी जिल बाइडनको पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ।

सीएनएनका अनुसार राष्ट्रपति बाइडेनले यसअघि नै कोरोना भाइरसको कोभिड खोपको बुस्टर डोजसमेत लगाइसकेका छन्।

अरुपनि पढ्नुहोस

सबै