त्रिबेणी शिवपुरगढीमा घरको आँगनबाट वेपत्ता भएका बालक ९ दिनपछि मृत भेटिए

नवलपुर टुडे
२०७९ असार २५ | बिहान ०८:०३ बजे

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका – ७ शिवपुरगढीका २१ महिने बालक मृत फेला परेका छन् । असार १५ गतेदेखि हराएका बालक शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार स्थानीय मणी थापाका २१ महिने छोरा प्रज्वल थापाको शव विनयी त्रिवेणी – ७ रेवास्थित नहरको बीचमा भेटिएको हो । घर नजिकैको कुलोले बगाएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
बालकको शव पोष्ट्मार्टमका लागि जिल्ला अस्पताल परासीमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । बालक घर अगाडीमा आँगनमा खेलिरहेको अवस्थामा असार १५ गते बिहान ९ः३० बजेबाट बेपत्ता भएका थिए ।























