Opens in a new tab

जनकपुर–जयनगर चल्ने रेलको सिटमा आगो लाग्यो, सामान्य क्षति

नवलपुर टुडे

29Shares
dida bag ad

जनकपुरधाम । जनकपुर–जयनगर चल्ने रेलको सिटमा आगो लागेको छ । बिहीबार जयनगरबाट जनकपुरतर्फ जाने क्रममा सेवाग्राहीले राखेको सामानबाट केमिकल जस्तो पदार्थ चुहिएर आगो लागेको नेपाल रेलवे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए ।

यद्यपि आगलागीको ठोस कारण पत्ता लागेको छैन । आगोलाई रेलवेका प्रतिनिधिहरूले निभाइसकेका छन् । “खासै क्षति भएको छैन । एउटा सिटमा सामान्य क्षति भएको छ ।

शंकाको अधारमा प्रहरीले दुईजनालाई नियन्त्रणमा पनि लिएको छ,” उनले भने, “केमिकलजस्तो वस्तु चुहिँएर आगो लागेको छ । अब रेल नेपालतर्फ आइरहेको छ । आएपछि सबै कुरा थाहा हुन्छ ।”

अरुपनि पढ्नुहोस

सबै

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे