माओवादी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

जगत ठाडा मगर


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। माघ २८ र २९ गते काठमाडौंमा बस्ने भनिएको बैठक बिहीबार स्थगित भएको हो।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक स्थगित भएको जानकारी दिएका छन्। केन्द्रीय समितिको बैठकले पदाधिकारी, स्थायी समितिको सदस्य, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड, स्थानीय तहको निर्वाचन, एमसीसीसहित पछिल्लो राजनीतिक अवस्था’ का बारेमा छलफल गर्ने एजेन्डा रहेको थियो।
तर, पदाधिकारीलगायतका विषयमा तयारी नपुगेकाले बैठक स्थगित गर्नुपरेको माओवादीले जनाएको छ। यस्तै कोरोना खोजिम कायमै रहेकाले समेत बैठक स्थगित गर्नु परेको ढकालले बताए। ‘२५ जना भन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू छ,’ उनले भने, ‘सत्तारुढ दल भएकाले सरकारले घोषणा गरेको नियम उल्लङ्घन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भयो।’ अब बैठक कहिले बस्ने भन्ने बारे तय भइसकेको छैन।

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

तिहारमा मिठाई र बत्तीको व्यापार

आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुर आइपुग्यो
अरुपनि पढ्नुहोस
सबै
विजयनगरमा पनि मनाइयो धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिव

बहुवर्षीय परियोजना स्वीकृत भएसँगै झापाको कमल गाउँपालिकामा आदिवासी रङ्गशाला निर्माणले गति लिने

समाजसेवामा सक्रिय जयकिशोर यादवद्वारा नवराजपुरका विभिन्न टोलमा १२०० थान झुल वितरण

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल
















