शिवराज नगरपालिका–७ का वडाध्यक्ष माओवादीमा प्रवेश

जगत ठाडा मगर


तौलिहवा, माघ २७। कपिलवस्तुको शिवराज नगरपालिका–७ का वडाध्यक्ष अनुपकुमार चौधरी माओवदी केन्द्रमा प्रवेश गर्नुभएको छ।
वडाध्यक्ष चौधरी गत स्थानीय तहको निर्वाचनमा स्वातन्त्र रुपमा वडा अध्यक्षमा विजयी हुनुभएको थियो। त्यस्तै शिवराज नगरपालिकाका समाजसेवी विरेन्द्र जयसवाल (विजय) माओवदी केन्द्रमा प्रवेश गर्नुभएको हो।
जयसवाल नेपाली काँग्रेस पूर्व महाधिवेशन प्रतिनिधि थिए। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल ‘प्रचण्ड’ ले वडाध्यक्ष चौधरी र जयसवाललाई आफ्नो निवासमा पार्टी प्रवेश गराउनु भएको हो । पार्टीको सिद्धान्त मन परेर माओवादी केन्द्रमा प्रवेश गरेको उहाँहरुले बताउनुभएको छ।

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

तिहारमा मिठाई र बत्तीको व्यापार

आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुर आइपुग्यो
अरुपनि पढ्नुहोस
सबै
विजयनगरमा पनि मनाइयो धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिव

बहुवर्षीय परियोजना स्वीकृत भएसँगै झापाको कमल गाउँपालिकामा आदिवासी रङ्गशाला निर्माणले गति लिने

समाजसेवामा सक्रिय जयकिशोर यादवद्वारा नवराजपुरका विभिन्न टोलमा १२०० थान झुल वितरण

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल
















