राजनीति

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्ला माओवादीमा प्रवेश

जगत ठाडा मगर
२०७८ माघ २७ | मध्यान्ह ०३:१० बजे

बुटवल, माघ २७ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ सुक्ला (बब्लु) र वडा अध्यक्ष श्रवणकुमार यादवसहित अन्य पार्टीका नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बिहीबार उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा पार्टी प्रवेश गराएका हुन् । शुक्ला तत्कालीन विजयकुमार गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिकबाट र यादव नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा लुम्बिनी र मधेस प्रदेश फेरि एकपटक माओवादीमय हुने विश्वास व्यक्त गरे ।

उनले आफु केही दिन अगाडि सर्लाही र रौतहट जाँदा पनि मधेसका सयौं जनता माओवादीमा प्रवेश गरेको स्मरण गर्दै जनप्रतिनिधिकै पार्टी प्रवेशले नयाँ सन्देश दिने बताए ।

कमेन्टहरु