राजनीति

राप्रपा केन्द्रीय पदाधिकारी बैठक आज बस्दै

जगत ठाडा मगर
२०७८ माघ २७ | बिहान ०७:१० बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक आज बिहान ११:३० बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ।

निवर्तमान अध्यक्ष कमल थापाले मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको हो।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आसन्न स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुने श्रेष्ठले बताए।

कमेन्टहरु