राजनीति

जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई पाँचदलीय उच्चस्तरीय संयन्त्रको सुझाव

जगत ठाडा मगर
२०७८ माघ १५ | मध्यान्ह ०६:१० बजे

काठमाडौं । पाँचदलीय उच्चस्तरीय संयन्त्रको बैठकले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको संयन्त्रको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न हुने बताए ।

मिति तोक्नका लागि सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी तय गर्न सुझाव दिएको पनि उनले बताए । उनले संविधानसँग बाँझिएका कानूनहरुलाई संशोधन गर्नुपर्ने भए त्यसको तयारीका लागि पनि सरकारलाई सुझाव दिएको जनाएका छन् ।

कमेन्टहरु