Opens in a new tab

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

नवलपुर टुडे

650Shares

सारांश

  • पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
  • कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्छ।
  • राति हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने तथा तराई र उपत्यकाका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्नेछ।
dida bag ad

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती  र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।

मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

विभागले राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने जानकारी दिएको छ । तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।