Opens in a new tab

बसको ठक्करबाट बालिकाको मृत्यु

रासस

325Shares

सारांश

  • भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीया बालिका भूमिका राईको मृत्यु भएको छ।
  • दुर्घटनामा मोटरसाइकल चालक रोशन राई घाइते भएका छन् भने उनको उपचार भइरहेको छ।
  • प्रहरीले ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
dida bag ad

भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको वाग्मती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार १४ वर्षीया भूमिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।

खोटाङ घर भएका मोटसाइकल चालक रोशन राई भने घाइते भएका छन् । मोटरसाइकललाई ठक्कर दिने बस चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।