Opens in a new tab

कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउ

रासस

650Shares

सारांश

  • काठमाडौंको कागेश्वरी मनोहरा–१ गागलफेदीस्थित एक होमस्टेबाट कौडा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन्।
  • प्रहरीले उनीहरूको साथबाट पाँच लाख ७८ हजार ५५५ रुपैयाँ र २६ वटा कौडा बरामद गरेको छ।
  • पक्राउ परेकाहरूमाथि जुवा मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
dida bag ad

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीमा कौडा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् ।

गागलफेदीस्थित कुशुम छयाम्बा हाउस र होमस्टेमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट पाँच लाख ७८ हजार ५५५ रुपैयाँ र २६ वटा कौडा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी उनीहरूविरुद्ध अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।