अशेष डंगोलको “गाउँले गाउँले भरिएको यो हाम्रो देश सार्वजनिक (भिडियोसहित)

रिदेन महर्जन

सारांश
- संसारभर ‘द हिमालयन हेन्ड्रिक्स’ नामले चर्चित अशेष डंगोलले तिहार तथा नेपाल संवत् ११४७ को अवसरमा आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्।
- गीतमा नेपालका गाउँहरू क्रमशः कंक्रिटकोजंगल र सहरमा परिणत हुँदा हराउँदै गएको मानवीय मूल्यमान्यताप्रति व्यंग्य गरिएको छ।
- २५ वर्षको लामो अध्ययनपछि तयार पारिएको यस म्युजिक भिडियोमा जाजरकोट, लाङटाङ, खोकना लगायतका विभिन्न स्थानका तस्बिरहरू समावेश छन्।

काठमाडौं । संसारभर ‘द हिमालयन हेन्ड्रिक्स’को उपनामले चर्चित अशेष डंगोलको नयाँ गीत “गाउँले गाउँले भरिएको यो हाम्रो देश गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन” सम्पूर्ण सामाजिक सञ्जाल मार्फत सार्वजिनक गरिएको छ ।
नेपालीहरुको दोश्रो महान् पर्व तिहार (स्वन्ति नख.) नेपाल सम्बत न्हुदँ ११४७ को पावन अवसरमा उनले स्रोता दर्शक माझ ल्याएको हो । यस म्यूजिक भिडियोको गीतको शब्द, स्वर, संगीत, स्वयम् उनकै रहेको छ । उनले गीत मार्फत नेपाल गाउँनै गाउँले भरिएको हाम्रो देशमा कंक्रिट जंगल हुँदै शहरीकरणबाट गाउँको स्वरुपमा परिर्वतनसंगै मानवीय मूल्य मान्यता हराइरहेको प्रति तिखो व्यंग्य प्रहार गरेका छन् । उनले थप्दै भन्नु भयो नेपालको सामाजिक बस्तुपरी स्थितिको बारेमा गहिरो अध्ययन गरिसकेपछि लेखिएको गीत भएको जानकारी गराउनु भयो । करिब २५ बर्षको नेपालका विभिन्न गाउँ शहरहरुको गहिरो अध्ययन पश्चात यस म्यूजिक भिडियोले पूर्णता पाएको हो ।
जसमा अशेष डंगोल आफैले संकलन गरेका नेपालका विभिन्न ठाउँहरुको जीवन तथा भूगोलको तस्बिरहरु समावेश गरिएको छ ।
मुख्यतयाः जाजरकोट, लाङ्गटाङ्गको गटलाङ्ग, बीरगञ्जको बोदर साइड, खोकनाको १ बर्ष अध्ययन, पनौती, भक्तपुर, काठमाडौं र रोल्वालिंगका तस्बिबिरहरु समेत समाबेश गरिएको छ ।
तलको लिंकमा गएर म्यूजिक भिडियो हेर्न सकिन्छ :

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड


सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
अरुपनि पढ्नुहोस
सबै

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश
















