छठ पूजाका लागि ५१ विपन्न परिवारलाई पूजा सामग्री वितरण

राम नारायण

सारांश
- राजविराज नगरपालिका वडा नम्बर ६ का ५१ विपन्न परिवारलाई छठ पूजाका लागि सामग्री वितरण गरिएको छ।
- तराई मधेश महिला फाउन्डेसन नेपालको आयोजनामा साडी, नरिवल र सिँगारका सामग्रीहरू प्रदान गरिएको हो।
- आर्थिक अवस्था कमजोर भएका परिवारलाई पर्व मनाउन सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको संस्थाले जनाएको छ।

राजविराज । राजविराज नगरपालिका वडा नम्बर ६ स्थित पुर्नी पोखरी टोलका विपन्न परिवारलाई शुक्रबार छठ पूजाका लागि साडी, नरिवल, सिँगारका सामग्री लगायतका पूजा सामग्री वितरण गरिएको छ।
तराई मधेश महिला फाउन्डेसन नेपाल, राजविराज सप्तरीको आयोजनामा स्थानीय ५१ जना विपन्न परिवारलाई छठ पूजाका लागि आवश्यक सामग्री वितरण गरिएको हो।
संस्थाकी अध्यक्ष सुनिता कुमारी साहले हरेक वर्षझैँ यस वर्ष पनि संस्थाले विपन्न परिवारलाई छठ पूजाका सामग्री सहयोग गरेको जानकारी दिनुभयो। उहाँले आर्थिक अवस्था कमजोर भएका परिवारलाई छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको बताउनुभयो।
साडी, नरिवल, सिँगारका सामग्री लगायतका आवश्यक पूजा सामग्री पाएपछि स्थानीय विपन्न परिवारले खुसी व्यक्त गरेका छन्।

सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल


अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए
अरुपनि पढ्नुहोस
सबै
वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश


















