मुन्दु गाउँ र सेरा जाेड्न झोलुङ्गे पुल निर्माण हुने

रासस

सारांश
- मुगुको मुन्दु र सेरालाई जोड्न २५० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिने भएको छ।
- कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले यस पुल निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्।
- पुल निर्माण भएपछि मुन्दु, कोटिला, लिउडी लगायत दर्जनौँ बस्तीका बासिन्दालाई आवतजावतमा सहज हुनुका साथै ऋणमोक्ष धाम जाने बाटो सुधार हुनेछ।

मुगु । मुन्दु गाउँ र सेराको जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पुल निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरिएको बताए ।
हालै यहाँ स्थानीयसँग आयोजना गरिएको छलफलमा मुख्यमन्त्री शाहीले कोटिला र मुन्दु गाउँका बासिन्दालाई स्थानीय सडक मर्मतसम्भारसँगै धार्मिक र पर्यटकीय महत्वको ऋणमोक्ष धामसम्म पुग्ने बाटो पनि सुधार गरिने प्रतिबद्धता व्यक्त गर्दै पुल निर्माणको प्रक्रिया तत्काल प्रारम्भ गरिने बताए ।

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड


सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
अरुपनि पढ्नुहोस
सबै

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश
















