एससिओ कप चेस खेल्न नेपाली टोली रसिया प्रस्थान

राजु ताम्राकार

सारांश
- रुसको मस्कोमा आयोजना हुने एससिओ ओपन कप बुद्धिचाल प्रतियोगितामा सहभागिता जनाउन नेपाली चेस टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ।
- अध्यक्ष हेराकाजी महर्जनको नेतृत्वमा गएको ६ सदस्यीय नेपाली टोलीले व्यक्तिगत र टिम विधाका रापिड तथा ब्लिट्ज प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।
- प्रतियोगिताको क्रममा नेपाल बुद्धिचाल महासंघ र मस्को रेजियन चेस फेडेरेशनबीच खेल विकासका विविध विषयमा द्विपक्षीय सम्झौता हुनेछ।

कार्तिक २७, काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्को स्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हासमा नोभेम्बर १३ देखि १९ तारिख सम्म आयोजना गर्ने एससिओ ओपन कप बुद्धिचाल प्रतियोगितामा सहभागी हुन शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्।
सांघाई अन्तर्राष्ट्रिय स्टेट सदस्य राष्ट्र बिच अन्तर्राष्ट्रिय स्पोर्ट्स इभेन्ट अन्तर्गत दौत्य सम्बन्ध कायम राख्ने तथा खेलाडी विच पारस्परिक खेल अनुभव साटासाट गराउने उदेश्यले नेपाललाई आमन्त्रण गरेको अध्यक्ष हेराकाजी महर्जनले जानकारी गराएका छन् ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष महर्जनको नेतृत्वमा अफिसियल राजु ताम्राकार, पुरुष खेलाडी सिएम आशिष् फुयाल र सिएम शुश्रुत दहाल तथा महिला खेलाडी सिएम कृतिसरा अधिकारी र सिएम निहाना श्रेष्ठले प्रतियोगितामा उपस्थिति जनाउने छन्।
टोलीमा सहभागी प्रवक्ता राजु ताम्राकारले पूर्व निर्धारित खेल तालिका अनुसार २२ राष्ट्रका ८८ जना खेलाडीहरुले क्रमशः १५ तारिखमा व्यक्तिगत विधा तर्फ रापिड खेल खेल्ने बताए ।
तालिका अनुसार १६ तारिखमा व्यक्तिगत ब्लिट्ज विधा तर्फका खेलहरु, १७ तारिखमा दुई पुरुष दुई महिला टिम रापिड र १८ तारिखमा टिम ब्लिट्ज खेल खेल्नेछन्।
प्रतियोगिता अवधिमा नेपाल बुद्धिचाल महासंघले मस्को रेजियन चेस फेडेरेशन सँग चेस खेल बिकासका विविध विषयमा दुई पक्षीय महत्वपूर्ण सम्झौता हुने जानकारी गराएको छ।

सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल


अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए
अरुपनि पढ्नुहोस
सबै
वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश


















