नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज रिहा हुने

नवलपुर टुडे

सारांश
- नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय काटिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार रिहा हुँदैछन्।
- ६५ वर्ष उमेर पूरा भएका कारण ज्येष्ठ नागरिकको सुविधा माग गर्दै उनले दिएको निवेदनअनुसार अदालतले कैदमुक्त गर्न पत्राचार गरेको हो।
- उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए र अदालतले उनलाई ४ वर्ष कैद सजाय सुनाएको थियो।

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार रिहा हुने भएका छन्।
तीन वर्ष ६ महिना जेल सजाय पूरा गरेर आज उनी कैदमुक्त हुन लागेका हुन्। काठमाडौँ जिल्ला अदालतले उनलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको थियो। रायमाझीले ६५ वर्ष उमेर पूरा भएका कारण जेष्ठ नागरिकको सुविधा पाउन माग गर्दै अदालतमा निवेदन दिएका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा रायामाझी दोषी ठहर भएका थिए। उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौँ जिल्ला अदालतले उनलाई २०८३ असार ३० मा ४ वर्ष कैद सजाय सुनाएको थियो।

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड


सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
अरुपनि पढ्नुहोस
सबै

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश
















