छठ पर्वको अवसरमा मलाहिटोलमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

अशोक यादव

सारांश
- रौतहटको गढिमाईस्थित मलाहिटोलमा विद्यार्थी समाजको आयोजनामा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भयो।
- कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरू र पीच फाउन्डेसन अमेरिका तथा रुटका प्रतिनिधिहरूलाई सम्मान गरिनुका साथै जग्गादाता स्वर्गीय बीरा सहनीको सालिकमा माल्यार्पण गरियो।
- समाजसेवी इन्द्रजित सहनीले मलाहिटोल शिक्षाको विकाससँगै ‘डाँकाको गाउँ’ बाट ‘कलम चलाउने गाउँ’ मा परिणत भएको बताउँदै लागुऔषध दुर्व्यसनबाट बच्न शिक्षामा जोड दिनुपर्ने धारणा राखे।

रौतहट । महान् पर्व छठको पावन अवसरमा भेटघाट, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम बुधबार रौतहटको गढिमाई नगरपालिका–९, मलाहिटोलस्थित श्री सरस्वती माध्यमिक विद्यालय, चिलमिलियामा सम्पन्न भएको छ।
विद्यार्थी समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक रामसागर साहले दीप प्रज्वलन गरी गर्नुभएको थियो।
कार्यक्रमको सभाध्यक्ष दिनेश सहनी रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा रामसागर साह र विशिष्ट अतिथिका रूपमा वडा नं. ९ का अध्यक्ष हरिश्चन्द्र सहनीको उपस्थिति रहेको थियो। त्यसैगरी पूर्वविद्यार्थी संस्थापक डा. रामजी रामको पनि विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा पीच फाउन्डेसन अमेरिका र रुटका प्रतिनिधिसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई गम्छा ओढाएर सम्मान गरिएको थियो। साथै छात्रावास निर्माणका लागि जग्गादान गर्ने स्वर्गीय बीरा सहनीको सालिकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश सहनीले माल्यार्पण गरी सम्मान व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै समाजसेवी इन्द्रजित सहनीले विगतमा डाँकाको गाउँ भनेर चिनिने मलाहिटोल अहिले शिक्षाको विकाससँगै सकारात्मक परिवर्तनतर्फ अघि बढिरहेको बताउनुभयो। उहाँले विगतमा बन्दुक चलाउने गाउँका युवाहरू आज कलम चलाउन थालेको उल्लेख गर्दै शिक्षाको विकासले समाजमा ठूलो परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले हरेक वर्ष युवाहरूको उल्लेखनीय सहभागिताले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै समाजमा शिक्षाको गुणस्तर विकास हुन नसके युवाहरू लागुऔषध दुर्व्यसनजस्ता समस्यामा फस्न सक्ने भएकाले शिक्षा र सामाजिक जागरणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विद्यालयका विभिन्न क्षेत्रमा आबद्ध व्यक्तित्वहरूलाई समेत गम्छा ओढाएर सम्मान गरिएको थियो।
उक्त कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, किसान, समाजसेवी, जनप्रतिनिधि, महिला तथा सयौँ युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन शिवचन्द्र साहले गर्नुभएको थियो।

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड


सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
अरुपनि पढ्नुहोस
सबै

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश
















