दिदीबहिनी एवं दाजुभाइ नहुनेले बालगोपालेश्वरमा टीका लगाउँदै

नवलपुर टुडे

सारांश
- भाइटीकाका अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला गरिएको छ।
- यो मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्र खुल्ने गर्दछ जहाँ दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू पूजा तथा दर्शनका लागि जाने गर्छन्।
- आज तिहारको पाँचौँ दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै सप्तरंगी टीका लगाइ मनाइँदैछ।

काठमाडौं । भाइटीकाका अवसरमा आज बिहानैदेखि काठमाडौंस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला हुनेछ ।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले बालगोपालेश्वरमा पूजा, दर्शन गरेर टीका लगाउने परम्परा छ । मन्दिर भाइटीकाको दिन भक्तजन आएसम्म खुला गर्ने गरिएको छ ।
विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ ।

प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल

थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

काभ्रेमा दुई दिनमा ७६ विदेशी नागरिक पक्राउ, ठूलो सङ्ख्यामा डिजिटल उपकरण बरामद

पाकिस्तानमा २२ आतङ्ककारी मारिएको सेनाको दाबी

बंगलादेशमा हिंसा र आगजनी चर्कियो, मोहम्मद युनुसको पुर्ख्यौली घर र प्रहरी चौकीमा आगजनी
अरुपनि पढ्नुहोस
सबै
इमरान खानको सुरक्षाका लागि छोराले गुहारे विश्व समुदायलाई

नेपाल धितोपत्र बोर्डले सार्वजनिक गर्यो वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा

ट्रम्प र सीबिचको द्विपक्षीय बैठक सम्पन्न, के-के भयो कुराकानी ?

१३ वर्षको प्रतीक्षापछि आएको ‘जीटीए ६’ कस्तो गेम हो, जसले विश्वमै चर्चा बटुलिरहेको छ ?
















