बदर मत घटाउन र मतदान प्रतिशत बढाउन दलहरूलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह

नवलपुर टुडे

सारांश
- प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा बदर मत घटाउन र मतदाताको सहभागिता बढाउन दलहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
- नागरिकलाई मतपत्रमा सही संकेत गर्नसिकाउन तथा मतदानको महत्त्व बुझाउन राजनीतिक दलहरूले विशेष सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन्।
- आयोगले संविधान र कानुनको परिधिभित्र रही काम गरिरहेको स्पष्ट पार्दै उनले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन सक्रियतापूर्वक काम भइरहेको बताएका छन्।

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा बदर मत घटाउन र मतदाता सहभागिता बढाउन दलहरूलाई सक्रिय हुन आग्रह गरेका छन्। बुधवार निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टीको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन्।
अधिकतम नागरिकको सहभागिता नै लोकतन्त्रको सुन्दरता भएको उल्लेख गर्दै उनले मतदान प्रतिशत बढाउन सचेतना आवश्यक रहेको औंल्याए। मतदाता सहभागिता वृद्धि गर्न राज्यका निकाय, दल तथा सरोकारवाला सबैले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।
मतदातालाई मतपत्रमा सही संकेत गर्न सिकाउन र मतदानको महत्त्व बुझाउन दलहरूले विशेष कार्यक्रम चलाउनुपर्ने उनको भनाइ छ। विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन आयोगले सक्रियतापूर्वक काम गरिरहेको जानकारी पनि उनले दिए।
स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्ने विषयमा दलहरूबीच गहन छलफल आवश्यक रहेको उनले स्पष्ट पारे। विद्यमान संविधान र कानुनको परिधिभित्र रहेर मात्र आयोगले काम गर्ने भन्दै उनले बदर मत घटाउन दलहरूको भूमिका मुख्य हुने बताए।
विगतका निर्वाचनमा ५५ देखि ६५ प्रतिशत मात्र मतदान भएको स्मरण गराउँदै उनले नागरिकलाई मतदानमा आकर्षित गर्न सबै लाग्नुपर्ने बताएका छन्।

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?


दक्षिण कोरियाको कर लेखा परीक्षामा पहिलो भएका परीक्षार्थीले एआईको सहायतामा दिएका थिए परीक्षा

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

छठघाट रेखदेख गर्न बसेका ६० वर्षीय यादव मृत
अरुपनि पढ्नुहोस
सबै
संकटमा रैथाने बासमती : हाइब्रिडको विस्तार र सिँचाइ अभावले मौलिक बास्ना हराउँदै

आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

रवि लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य

बजारमा माग बढेपछि ‘थारु आलुखेती’ विस्तार गर्दै किसान
















