किसान, मजदुर, भुमिहीन, उद्योगी र व्यापारीहरुलाई वित्तीय आँतक विरुद्ध प्रतिरोध गर्न आह्वान

नवलपुर टुडे

सारांश
- वित्तीय संस्थाहरूले ऋणीहरूलाई अनावश्यक दवाब, धम्की र अमानवीय व्यवहार गरी वित्तीय आतङ्क मच्चाइएको भन्दै संगठनले कडा आपत्ति जनाएको छ।
- बैंक, लघुवित्त र सहकारीलगायतले ब्याजमाथि ब्याज असुल्ने, धितो हडप्ने र घरजग्गा लिलाम गर्ने जस्ता गैह्रकानूनी क्रियाकलाप तुरुन्त बन्द गर्न चेतावनी दिइएको छ।
- यी वित्तीय ज्यादती र आतङ्कविरुद्ध एकजुट भई कडा प्रतिरोध गर्न सम्पूर्ण किसान, मजदुर, व्यवसायी तथा पीडित नागरिकहरूलाई आह्वान गरिएको छ।

काठमाडौं । वित्तीय उत्पीडित तथा किसान – मजदुर संगठन नेपालले वित्तीय आँतक विरुद्ध प्रतिरोध गर्न आह्वान गरेको छ । उसले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै तल :
‘प्रेस विज्ञप्ति !
आज हाम्रो नेपाल राष्ट्र पुर्ण असफलताको बाटो तर्फ हिडिरहेको छ । नागरिकका जनपक्षीय समस्याहरु मात्रै समस्या नभएर राष्ट्रको राष्ट्रियता, जनतन्त्र र जनजिविका तहसनहसको अवस्थामा पुग्दै छ । नत राष्ट्रिय स्वाधीनताको महसुस भएको छ नत जनतन्त्र नै सुदृढ भएको छ र नत पुर्ण रुपले जनजिविका नै प्राप्त भएको छ । यस्तो अवस्थामा राष्ट्रियताको सवालमा वैदेशिक हस्तक्षेप, डिजिटल साईवर हमला, सीमा अतिक्रमण, सिमावासी माथि ज्यादती, चोरी पैठारी र तस्करीहरु भई रहेका छन् । जनतन्त्रको सवालमा जनताका सार्वभौम अधिकारहरुलाई शाषकहरुले खोस्ने, दमन गर्ने, दबाउने, जुठो मुद्दा लगाउने, जेलनेल, हिरासत एवम् कारगारमा पुर्याउने, भ्रष्टाचारमा लिप्त हुनेछ, कुशासन चलाउने जस्ता हर्कतहरु अग्र भागमा विगत देखि अहिलेसम्म देखिन आई रहेको छ भने जनजिविकाको संवाल अहिलेसम्म पनि शिक्षा, स्वस्थ्यबाट बन्चित हुनु परेको छ, महङ्गीले आकाश नाघेको छ, कालोबजारी व्याप्त छ, कच्चापदार्थको तस्करी बढ्दो छ, उत्पादनका क्षेत्रहरु ठप्प छन्, उद्योग, कलकारखाना बन्द भएर लाखौं लाख नागरिक विदेशिन बाध्य हुनु परिरहेको छ । बन्द भएर दक्ष युवा जनशक्ति पलाउन हुनु परिरहेको छ, देशको राष्ट्रिय अर्थतन्त्र नै निकै कहालीलाग्दो अवस्थामा पुगेको छ । केही वर्षयता देशका उत्पादन पकेट क्षेत्रहरु नै बन्द भएर आर्थिक मन्दी चलिरहेको छ । देश र जनता ऋणमा चुर्लुम्म डुब्न पुगेको छ, देश पुरै परजीवी बनेर ऋणमा चलिरहेको छ । यस्तो अवस्थामा देशको अर्थतन्त्र पुरै सुधार गर्न र जनतालाई ऋणबाट मुक्त गरी आत्मनिर्भर बनाउन मौद्रिक निति अथांत वित्तीय ऐन र नियमावली जनपक्षीय वनाएर मात्रै देश र जनतालाई आत्मनिर्भरको बाटोमा लान सकिन्छ, उत्पादनका पकेट क्षेत्रहरु वृद्धि गर्न सकिन्छ, रोजगार सिर्जना गर्न सकिन्छ, युवा दक्ष जनशक्ति विदेशीनु पर्ने वाध्यताको अन्त्य गर्न सकिन्छ ।
यस्तो विषम परिस्थितिमा नेपालका वित्तीय संस्थाहरु बैंक, लघु वित्त, सहकारी, साहु महाजन, ब्रोकर र विमा कम्पनीहरुले आआफ्ना सेवाग्राही एवम् ऋणीहरु किसान, मजदुर, भुमिहीन, सुकुम्बासी, महिला, दलित तथा राष्ट्रिय उद्योगी, व्यवसायीक व्यापारीहरु संग हातेमालो गर्दै संकटको सामना गर्नुको साटो ऋणिहरुलाई अनावश्यक दुख दिदै कालो सुचिमा राखि दिने, असमाजिक एवम् अमानवीय व्यवहार गाली व्यईज्यत गर्ने, कानुनीको पहुँचको दम्भ देखाउदै धाकधम्की दिने, अनावश्यक पत्रपत्रिकामा नाम प्रकाशित गरिदिने, पत्र पठाएर डर त्रास देखाउने, उत्पादनका पकेट क्षेत्र उद्योग, कलकारखाना, मेशिन र व्यापारीक घरघरनाका प्रतिष्ठानहरुमा तालाबन्दी गरी बन्द गरि दिने, ऋणीहरुका धितोहरु हडप्ने, तालाबन्दी गरीदिने, खातामा भएका रकमहरु हराई दिने, ब्याज वृद्धि गरि सावाँ र व्याज खप्टाई दिने कार्यमै तल्लीन छन् । यि सबै कार्यहरू वित्तीय आँतक हो । हाम्रो संगठन यो वित्तीय आँतकको खिलापमा लडिहेको छ । यदि वित्तीय संस्थाहरु बैंक, लघु वित्त, सहकारी, साहु महाजन, ब्रोकर कम्पनी र विमा कम्पनीले आआभ्ना यस्ता गलत हर्कतहरु बन्द नगरेमा नागरिकको साथमा हाम्रो सङ्गठन जस्तो सुकै प्रतिरोध गर्न तयार रहेको जानकारी समेत गराउदछौं । ऋण लिएकै आधारमा सम्झौता भन्दा बढी व्याज असुल्ने, हर्जना लगाउने, चकृय व्याज लगाउने र ऋणीको घर जग्गा हडप्ने, उठिवास लगाउने, बिक्री लिलाम एवम् दाखा गर्ने, धितो सम्पत्ति फिर्ता नगर्ने कामहरु अब हामीलाई मान्य हुने छैन् । वित्तीय संस्थाहरुको जालमा फसेर आभना नागरिकहरुको घर बाटो र चारकिल्ला सिफारिस नगर्न हामी स्थानिय तहलाई समेत सचेत गराउदछौं । घर जग्गा धनिको उपस्थिती विना वित्तीय दलालहरुको मिलिमतोमा सिफारिस दिने जनप्रतिनिधी तथा मालपोतका कर्मचारी सचेत हुँदै जग्गा धनीको विना उपस्थितिमा मन्जुर विना दररेट घटाइ बैंकले जति भन्यो त्यतिमा रजिस्टेसन नगराउन समेत सचेत गराउदछौं । वित्तीय दलालको मिलिमतोमा जनताको सम्पत्ती हडप्ने पेसेवर माफिया हाम्रो आन्दोलनको पहिलो निसाना हुने समेत यसै विज्ञप्ति मार्फत अवगत गराउदछौं । अन्तमा वित्तीय आंतक फै लाइ लुटिएका सम्पत्ती आन्दोलनकै वलमा फिर्ता गराउने हाम्रो स्पष्ट नीति छ तसर्थ किसान, मजदुर, भुमिहीन, सुकुम्बासी, महिला, दलित तथा राष्ट्रिय उद्योगी, व्यवसायीक व्यापारीहरु कोही पनि ऋणी यी यस्ता आँतकहरु संग नडराई अब प्रतिरोधका निम्ति एकजुट हुन हामी आह्वान गर्दछौं ।
सनिज शर्मा
संयोजक’


सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल


अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए
अरुपनि पढ्नुहोस
सबै
वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश


















