सार्वजनिक यातायातहरुमा बिद्यार्थीलाई हिंसा र दुर्ववहार गर्ने गरेकाे भन्दै कारबाहीको माग

नवलपुर टुडे

सारांश
- विद्यार्थी संगठन नेपालले चाडपर्वका बेला सार्वजनिक यातायातमा विद्यार्थीहरूमाथि हुने हिंसा, दुर्व्यवहार र दादागिरीका घटना बढेकोमा गम्भीर आपत्ति जनाएको छ।
- यातायात व्यवसायीहरूले ४५ प्रतिशत विद्यार्थी सहुलियत भाडादर कार्यान्वयन नगरेको, बाटोमै अलपत्र पार्ने गरेको र दोब्बर भाडा असुलेको भन्दै संगठनले कडा आक्रोश व्यक्त गरेको छ।
- संगठनले यस्ता गैरजिम्मेवार गतिविधिहरू तत्काल रोक्न सम्बन्धित निकायलाई चेतावनी दिँदै सरकारलाई नियमन गर्न आग्रह गरेको छ र माग पूरा नभए कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

काठमाडौं । बिद्यार्थी संगठन नेपालले सार्वजनिक यातायातमा बिद्यार्थी छात्र-छात्राहरु माथि हिंसा र दुर्ववहार भएको भन्दै कारबाहीको माग गरेको छ । संगठनका अध्यक्ष मुक्ति गैरेद्धारा जारी विज्ञप्तिमा भनिएको छ : ´चाडपर्व नाममा सार्वजनिक यातायातमा बिद्यार्थी सहुलियत भाडा छुटदर ४५% लाई कार्यनयन नगर्ने, सार्वजनिक यातायातहरुमा बिद्यार्थी छात्र-छात्रा माथि हिंसा र दुर्ववहार गर्ने, यात्राका क्रममा बिच बाटोमा लगेर छाडि-झारी दिने, मेलका नाममा बिच बाटोमा लगेर अलपत्र पारिदिने-दोब्बर भाडा असुल्ने, जबर्जस्ती झोला र समानहरु जफत गरेर गाडीमा चढाउने र समान हराई दिने र गैरजिम्मेवार अभिव्यक्त दिने र यात्रुहरु माथि दादागिरी चलाउने सम्मका हर्कतहरु देशै भर भई रहेको छन् । सम्बद्ध सम्बन्धित निकायलाई ती त्यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिन्छौं । सरकारलाई ती त्यस्ता हर्कतहरुलाई तुरुन्तै नियमन र नियन्त्रण गर्न अनुरोध गर्दछौं अन्यथा हाम्रो अधिकार प्राप्तिको लडाईलाई जुनसुकै स्तरबाट उठाएर प्रतिवाद गर्न बाध्य हुने कुराको जानकारी गराउदछौं ।´

उनलेे जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै :
‘प्रेस वक्तव्य
हाम्रो विद्यार्थी संगठन नेपाल वास्ततिक बिद्यार्थीहरुको शैक्षिक एवम् संवैधानिक अधिकार प्राप्तिका लागि र बिद्यार्थी हुने माथि तमाम खाले अन्यायहरुका विरुद्ध सशक्त आवाज बुलन्द गर्दै शैक्षिक अधिकारका निम्ति संघर्षमा अगाडि बढी रहेको संगठन हो । यसै सन्दर्भमा चाडपर्व नाममा सार्वजनिक यातायातमा बिद्यार्थी सहुलियत भाडा छुटदर ४५% लाई कार्यनयन नगर्ने, सार्वजनिक यातायातहरुमा बिद्यार्थी छात्र-छात्रा माथि हिंसा र दुर्ववहार गर्ने, यात्राका क्रममा बिच बाटोमा लगेर छाडि-झारी दिने, मेलका नाममा बिच बाटोमा लगेर अलपत्र पारिदिने-दोब्बर भाडा असुल्ने, जबर्जस्ती झोला र समानहरु जफत गरेर गाडीमा चढाउने र समान हराई दिने र गैरजिम्मेवार अभिव्यक्त दिने र यात्रुहरु माथि दादागिरी चलाउने सम्मका हर्कतहरु देशै भर भई रहेको खबरले हामीलाई पिडाबोध मात्रै भएको छैन आक्रोशित समेत बनाएको छ । सम्बद्ध सम्बन्धित निकायलाई ती त्यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिन्छौं भने सरकारलाई ती त्यस्ता हर्कतहरुलाई तुरुन्तै नियमन र नियन्त्रण गर्न अनुरोध गर्दछौं अन्यथा हाम्रो अधिकार प्राप्तिको लडाईलाई जुनसुकै स्तरबाट उठाएर प्रतिवाद गर्न बाध्य हुने कुराको जानकारी गराउदछौं ।
मुक्ति गैरे
अध्यक्ष
मिति २०८३ असोज ३० गते ।’

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड


सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
अरुपनि पढ्नुहोस
सबै

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश
















