भोटेकोशी र त्रिशूलीको बाढीमा प्रहरीलाई ठूलो क्षति : महानिरीक्षक कार्की

नवलपुर टुडे

सारांश
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी र त्रिशूली नदीको बाढीका कारण प्रहरीले ठूलो मानवीय क्षति व्यहोर्नुपरेको बताएका छन्।
- उनले भोटेकोशीको बाढीमा परि ३ जना प्रहरीको मृत्यु हुनुका साथै २५ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिएका छन्।
- विपद्को कठिन परिस्थितिमा पनि प्रहरीले खोज, उद्धार, शव व्यवस्थापन र मानवीय सहायतामा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे।

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी र त्रिशूलीमा आएको बाढीका क्रममा प्रहरी कर्मचारीले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन्।
७१औँ प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै उनले भोटेकोशीको बाढीमा परी तीन जना प्रहरीको मृत्यु भएको र २५ जना अझै सम्पर्कविहीन रहेको बताए।
विपद्पछि प्रहरीले अन्य सुरक्षा निकायसँगै खोज तथा उद्धार, शव व्यवस्थापन, सुरक्षा र मानवीय सहायतामा सक्रिय भूमिका निर्वाह गरेको उनले उल्लेख गरे।
कार्कीले कर्तव्य पालनाका क्रममा हालसम्म १ हजार ७९८ जना प्रहरी कर्मचारीले वीरगति प्राप्त गरेको बताउँदै कठिन परिस्थितिमा पनि विधिको शासन कायम गर्न प्रहरी प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड


सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
अरुपनि पढ्नुहोस
सबै

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश
















