लागुऔषधसहित ६ जना पक्राउ

रासस

सारांश
- नियमित गस्तीमा खटिएको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ।
- काठमाडौं, बर्दिया, कैलाली र कञ्चनपुरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
- पक्राउ परेकाहरूको साथबाट प्रहरीले लागुऔषध खैरो हेरोइन बरामद गरेको छ।

काठमाडौं । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, काठमाडौंको तारकेश्वर नगरपालिका–४ बाट एक, बर्दियाको गुलरिया नगरपालिका–१ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट एक र कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्कबाट दुईजना पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन बरामद गरेको छ ।

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड


सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
अरुपनि पढ्नुहोस
सबै

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश
















