Opens in a new tab

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नवलपुर टुडे

2.3KShares

सारांश

  • हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
  • कोशी, बागमती र गण्डकी प्रदेशका केही उच्च तथा पहाडी भू-भागमा हल्का वर्षा वा हिमपात हुनसक्ने अनुमान गरिएको छ।
dida bag ad

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। देशका अन्य हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

अरुपनि पढ्नुहोस

सबै

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे

यस्तो छ आजको विनिमयदर

२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे

बसको ठक्करबाट बालिकाको मृत्यु

२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे