मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने


बाजुरा, असोज १२ । बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका -२ कोल्टी आधारभूत अस्पतालमा तीन दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेभएको छ । बुढीनन्दा नगरपालिका आयोजना एक एक पाइला फाउन्डेसन र गेटा आँखा सहयोग तथा समन्वयमा शिविर सञ्चालन गरिने भएको छ ।
प्रदान गरिने सेवाहरू आँखा रोग सम्बन्धी सेवा (मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया गरिने नाक, कान र घाँटी सम्बन्धी सेवा तथा कानको नि:शुल्क शल्यक्रिया, स्त्री तथा प्रसूति रोग सम्बन्धी सेवा, दाँत सम्बन्धी सेवा र फार्मेसी सेवा समेत रहेकोे छ । कोल्टी आधारभूत अस्पतालमा असोज १५ देखि १७ गतेसम्म संचालन गरिने भएको बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।
स्थानीय बासिन्दाहरूलाई घरआँगनमै सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ उक्त शिविरको आयोजना गर्न लागिएको हो। अस्पताल प्रशासनका अनुसार तीन दिनसम्म सञ्चालन हुने सो शिविरमा विशेषज्ञ डाक्टरहरूमार्फत विभिन्न रोगको नि:शुल्क परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरिनेछ। स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य जाँचका साथै स्त्रीरोग, आँखा, दन्त रोग तथा अन्य जटिल स्वास्थ्य समस्याहरूको समेत परीक्षण गरिने नगर प्रमुख बोहराले बताउनुभयो ।
दुर्गम क्षेत्रका सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको यस शिविरबाट ठूलो संख्यामा स्थानीय बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ। उपचारका लागि जिल्ला बाहिर वा टाढाका अस्पतालहरूमा जानुपर्ने बाध्यता रहेका नागरिकहरूका लागि यो शिविरले ठूलो राहत पुर्याउने विश्वास लिइएको छ।






















