अर्थ, इतिहास, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, घटना, देश, बागमती प्रदेश, बिश्व, मधेश प्रदेश, मानवअधिकार, मुख्य समाचार, राजनीति, लुम्बिनी प्रदेश, शिक्षा, समाज, सुदुरपश्चिम प्रदेश
पाँचौ वार्षिक साधारण सभा सम्पन्न

याम बहादुर थापा मगर
बागलुङ
असोज १०,२०८३
बागलुङ जिल्लामा अपाङगताको क्षेत्रमा क्रियाशिल सस्थाहरु मध्ये बौद्धिक अपांगता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङको पाँचौ वार्षिक साधारण सभा बागलुङ नगरपालिकाको उप प्रमुख राजु खड्काको प्रमुख आतिथ्यमा बागलुङ बजारमा सम्पन्न भएको छ । अपांगताको हक अधिकार र समस्यालाई हटाउदै हाम्रो समाजलाई अपांग मैत्री बनाउनमा हामी साथ र सहयोग हुनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
वार्षिक साधारणमा सचिव याम बहादुर थापा मगरले पेश गर्नु भएको आ.व.०८२।०८३ को बार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष कोपिला पौडेलले पेश गरेको आर्थिक प्रतिवेदन आवश्यक सुझाव र राय सल्लाह अनुसार पेश पास भएको थियो ।
बार्षिक साधारण सभाको उदघाटन समारोहमा बागलुङ नगरपालिकाका उप प्रमुख राजु खड्का, अपांग सरोकार संघ बागलुङका अध्यक्ष जगुपति कंडेल, बागलुङ विशेष बाल कक्षा विद्यालयका प्राध्यानाध्याक युक्तजग राजभण्डारी, नेत्रहिन संघ बागलुङका सचिव विकल थापा,आजिवन सदस्य कोपिला लोहार वि.क., स्वकालतकर्ता विदुर पौडेल, सुरक्षा सापकोटाले शुभकामना मतन्वय दिनु भएको थियो ।
सो कार्यक्रमको अध्यक्षता टिकाराम सापकोटा, संचालन सचिव याम बहादुर थापा मगर र स्वागत मन्तव्य उपाध्यक्ष दुर्गा प्रसाद शर्माले गर्नु भएको जानकारी सचिव याम बहादुर थापा मगरले गर्नुभएको थियो । बार्षिक साधारण सभामा सस्थाका आजिवन सदस्य र साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।






















