हुण्डीमार्फत एक अर्बभन्दा बढी कारोबार गर्ने पक्राउ

रासस

सारांश
काठमाडौं । नेपाल प्रहरीले अवैध हुण्डीमार्फत एक अर्ब बढीको कारोबार गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अवैध हुण्डीमार्फत एक अर्ब तीन करोड ८४ लाख ७५ हजार ८४५ कारोबार गरेको आरोपमा सुनसरी धरान उपमहानगरपालिका–१३ की ज्योति शाहीलाई बिहीबार पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता अनुपमशमशेर जबराले श्रमिकले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याई विभिन्न व्यक्तिका नाममा रहेको बैंक खातामार्फत कारोबार गर्ने गरेको सूचनाका आधारमा शाहीलाई पक्राउ गरिएको जानकारी दिए ।
शाहीले विदेशबाट प्राप्त रकमलाई स–साना भागमा विभाजन गरी कनेक्ट आईपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिका बैंक खातामा पठाउने गरेको र सोही माध्यमबाट हुण्डी कारोबार सञ्चालन गरेको खुलेको छ ।
शाहीले घरेलु तथा साना उद्योग कार्यालय इटहरी, सुनसरीमा दर्ता रहेको ‘शाही मनि ट्रान्सफर’को नामबाट कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा उक्त रकम कारोबार गरेको पाइएको छ ।
हुण्डीसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत सुनसरीबाट पक्राउ अनुमति लिई शाहीलाई धरानको खैरेनीबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















