Opens in a new tab

मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

महिला नेतृत्व: नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापतिमा बुढा निर्वाचित

उमेश रोकाया
२०८३ अशोज ७ | मध्यान्ह ०७:०६ बजे

बाजुरा, भदौ ७ । नेपाली काङ्ग्रेस १५ औं महाधिवेशन ९ औं गाउँ अधिवेशनमा हिमाली गाउँ कार्यसमिति सभापति चन्द्रादेवी बुढा उपसभापति मंगल बुढा महिला उपसभापति जान्देवी पाण्डे सचिव दिपचन्द उपाध्याय सहसचिव कर्मराज मल्ल कोषाध्यक्ष बिर्ख बुढथापा सर्वसम्मत निर्वाचित भएका छन।

हिमाली गाउँपालिकामा नेपाली कांग्रेसको नेतृत्व सम्हाल्ने उहाँ पहिलो महिला बन्नुभएको छ । नवनिर्वाचित सभापति बुढाले पार्टी संगठनलाई गाउँ-गाउँसम्म सुदृढ, समावेशी र सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

“सबै नेता तथा कार्यकर्तालाई एकढिक्का बनाएर लैजाने र हिमाली गाउँपालिकाको विकास तथा स्थानीयका मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउने मेरो मुख्य उद्देश्य रहनेछ,” उहाँले भन्नुभयो।

​अधिवेशनले बुढाको नेतृत्वमा नयाँ गाउँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि पार्टीलाई थप क्रियाशील बनाउने लक्ष्य लिएको छ। बुढाको विजयसँगै स्थानीय कार्यकर्ताहरूमा नयाँ उत्साह र उमङ्ग छाएको छ।

कमेन्टहरु