महिला नेतृत्व: नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापतिमा बुढा निर्वाचित

उमेश रोकाया

सारांश
बाजुरा, भदौ ७ । नेपाली काङ्ग्रेस १५ औं महाधिवेशन ९ औं गाउँ अधिवेशनमा हिमाली गाउँ कार्यसमिति सभापति चन्द्रादेवी बुढा उपसभापति मंगल बुढा महिला उपसभापति जान्देवी पाण्डे सचिव दिपचन्द उपाध्याय सहसचिव कर्मराज मल्ल कोषाध्यक्ष बिर्ख बुढथापा सर्वसम्मत निर्वाचित भएका छन।
हिमाली गाउँपालिकामा नेपाली कांग्रेसको नेतृत्व सम्हाल्ने उहाँ पहिलो महिला बन्नुभएको छ । नवनिर्वाचित सभापति बुढाले पार्टी संगठनलाई गाउँ-गाउँसम्म सुदृढ, समावेशी र सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
“सबै नेता तथा कार्यकर्तालाई एकढिक्का बनाएर लैजाने र हिमाली गाउँपालिकाको विकास तथा स्थानीयका मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउने मेरो मुख्य उद्देश्य रहनेछ,” उहाँले भन्नुभयो।
अधिवेशनले बुढाको नेतृत्वमा नयाँ गाउँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि पार्टीलाई थप क्रियाशील बनाउने लक्ष्य लिएको छ। बुढाको विजयसँगै स्थानीय कार्यकर्ताहरूमा नयाँ उत्साह र उमङ्ग छाएको छ।

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















