विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

नवलपुर टुडे

सारांश
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ । विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिनमार्फत सुरक्षा जाँच गर्ने क्रममा शङ्का लागेपछि अनुसन्धान गरिँदा विभिन्न ब्रान्डका चुरोट तथा सुर्तीजन्य पदार्थ फेलापरेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार, शिखर, सूर्य, क्याप्टेन, पाइलोट र खुकुरी ब्रान्डका ७२ बन्डल अर्थात् ७२० प्याकेट चुरोट तथा जित, सुपर पावर, भोला, मेघाश्री र करेन्ट ब्रान्डका ६९ पोका सुर्तीजन्य पदार्थ बरामद गरिएको छ ।
बरामद गरिएका ती चुरोट तथा सुर्तीजन्य पदार्थलगायतका बस्तु आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जानकारी दिइएको छ ।
विमानस्थलको सुरक्षा व्यवस्थालाई थप चुस्त तुल्याउँदै अवैधवस्तुको ओसारपसार तथा निकासी नियन्त्रणका लागि नियमित तथा सघन सुरक्षा जाँचलाई निरन्तरता दिइने प्रवक्ता सिलवालले बताए ।

चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

मकवानपुरमा चाडपर्वलाई लक्षित गरी नियमित बजार अनुगमन

फार्मेसी र नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गुल्जार हुने कागबेनीधाम गुमनाम
अरुपनि पढ्नुहोस
सबै
व्यापार तनाव घटाउन इयु–चीन वार्ता

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा आउने

रौतहटमा इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार















