Opens in a new tab

देश

ग्यास अभावबारे सरकारले पेस गर्‍यो तीन कारण

नवलपुर टुडे
२०८३ अशोज ५ | मध्यान्ह ०६:०६ बजे

काठमाडौं । प्रतिनिधिसभामा सरकारले ग्यास अभावका तीन कारण पेस गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार सिंहले एलपी ग्यास अभावको तीन कारण पेस गरेका हुन् ।

सिंहले ग्यासको कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव र अन्तरनिकाय समन्वयको कमीले आपूर्ति व्यवस्थापनमा कठिनाइ भइरहेको बताए । ”टेक्नोइकोनिमिक इन्जिनियरको रुपमा मैले यो संकटलाई कति सिलिन्डर आयो भन्ने प्रश्नमा मात्र सिमित राखेको छैन । लोडिङदेखि उपभोक्ताको भान्सासम्म पुग्ने समय, रिफिलङ क्षमता, वितरणको भौगोलिक असन्तुलन, मूल्य, सुरक्षालाई पनि आपूर्तिको सूचकका रुपमा हेरिएको छ,” उनले भनेका छन् ।

ग्यास अभावको समस्याको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण ‘फिसबोन डायाग्राम’ प्रयोगमा ल्याएको उनले बताए । उक्त विश्लेषणले ग्यास अभावमा आपूर्ति, पूर्वाधार, आर्थिक तथा नीतिगत पक्ष, कानुन, वितरण प्रणाली तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय कारणको संयुक्त प्रभाव रहेको देखाएको मन्त्री साहको भनाइ छ । ग्यास आपूर्तिमा आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङ क्षमता, डिलर तथा सेवा केन्द्रको असमान वितरण र खाली सिलिन्डर फिर्तामा हुने ढिलाइ प्रमुख समस्याका रूपमा देखिएको उनले बताए ।  यी विद्यमान कारणका कारण माग र आपूर्तिबीच असन्तुलन सिर्जना भएको उनको भनाइ छ ।

बजारमा ग्यास अभावका कारण आम नागरिकले भोगिरहेको कठिनाइप्रति सरकार गम्भीर रहेको उनले उल्लेख गरे ।  ग्यास अभावसहित आपूर्ति क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले निरन्तर काम गरिरहेको दाबी मन्त्री सिंहको छ । न्युज एजेन्सी नेपाल 

कमेन्टहरु