ग्यास अभावबारे सरकारले पेस गर्यो तीन कारण

नवलपुर टुडे

सारांश
काठमाडौं । प्रतिनिधिसभामा सरकारले ग्यास अभावका तीन कारण पेस गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार सिंहले एलपी ग्यास अभावको तीन कारण पेस गरेका हुन् ।
सिंहले ग्यासको कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव र अन्तरनिकाय समन्वयको कमीले आपूर्ति व्यवस्थापनमा कठिनाइ भइरहेको बताए । ”टेक्नोइकोनिमिक इन्जिनियरको रुपमा मैले यो संकटलाई कति सिलिन्डर आयो भन्ने प्रश्नमा मात्र सिमित राखेको छैन । लोडिङदेखि उपभोक्ताको भान्सासम्म पुग्ने समय, रिफिलङ क्षमता, वितरणको भौगोलिक असन्तुलन, मूल्य, सुरक्षालाई पनि आपूर्तिको सूचकका रुपमा हेरिएको छ,” उनले भनेका छन् ।
ग्यास अभावको समस्याको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण ‘फिसबोन डायाग्राम’ प्रयोगमा ल्याएको उनले बताए । उक्त विश्लेषणले ग्यास अभावमा आपूर्ति, पूर्वाधार, आर्थिक तथा नीतिगत पक्ष, कानुन, वितरण प्रणाली तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय कारणको संयुक्त प्रभाव रहेको देखाएको मन्त्री साहको भनाइ छ । ग्यास आपूर्तिमा आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङ क्षमता, डिलर तथा सेवा केन्द्रको असमान वितरण र खाली सिलिन्डर फिर्तामा हुने ढिलाइ प्रमुख समस्याका रूपमा देखिएको उनले बताए । यी विद्यमान कारणका कारण माग र आपूर्तिबीच असन्तुलन सिर्जना भएको उनको भनाइ छ ।
बजारमा ग्यास अभावका कारण आम नागरिकले भोगिरहेको कठिनाइप्रति सरकार गम्भीर रहेको उनले उल्लेख गरे । ग्यास अभावसहित आपूर्ति क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले निरन्तर काम गरिरहेको दाबी मन्त्री सिंहको छ । न्युज एजेन्सी नेपाल

पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















