पेट्रोलियम पदार्थको मूल्य नबढे चाडपर्वमा यातायात भाडा नबढ्ने

नवलपुर टुडे

सारांश
काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्य नबढ्दासम्म चाडपर्वमा यातायात भाडा नबढाउने बताएको छ ।
महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगर्दासम्म यातायात भाडा नबढ्ने बताए । ” पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएन भने तोकिएअनुसारको भाडा नै कायम रहन्छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएमा बाध्य भएर भाडा बढाउनुपर्ने हुन्छ । नत्र तोकिएको ठाउँमा कुनै पनि हालतले भाडा बढी लिइँदैन, तोकिएको भाडामा टिकट पाउँछ,” उनले भने ।
आगामी एक महिनासम्म अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि त्यसको मारमा उपभोक्तालाई नपार्न उनले सरकारलाई आग्रह गरे । अध्यक्ष सिटौलाले अनलाइन टिकटिङ तथा प्रविधिमैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायले अवरोध गरिरहेको पनि आरोप लगाए ।
प्रविधिसम्बन्धी कार्यविधि स्वीकृत भएर विभागमा पुगेको भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको उनको भनाइ छ । तत्काल अनलाइन टिकटिङसम्बन्धी कार्यविधि कार्यान्वयन गर्न उनले सरकारसँग माग गरे । प्रविधिको प्रयोगमार्फत टिकटिङ प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन व्यवसायीहरू तयार रहेको उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















