रुसी संसदीय निर्वाचनमा पुटिनको दलको अग्रता

एजेन्सी

सारांश
मस्को । साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ युनाइटेड रसिया पार्टीले ठूलो अग्रता लिएको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार करिब ७१ प्रतिशत मतगणना हुँदा युनाइटेड रसियाले ५७ दशमलव पाँच प्रतिशत मत प्राप्त गरेको छ । प्रारम्भिक परिणाममा कम्युनिस्ट पार्टीले १४ प्रतिशत र राष्ट्रवादी एलडिपिआरले आठ दशमलव सात प्रतिशत मत पाएका छन् ।
मतदानको अन्तिम दिन युक्रेनले मस्को र आसपासका क्षेत्रमा ठूलो सङ्ख्यामा ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका छन् । मस्कोका मेयर सर्गेइ सोब्यानिनका अनुसार करिब एक हजार छ सय ड्रोन प्रहार गरिएकामा चार सय ५० राजधानीतर्फ लक्षित थिए । आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको तथा आवासीय भवन र तेल प्रशोधन केन्द्रमा क्षति पुगेको बताइएको छ ।
यसैबीच, रुसी निर्वाचन पूर्वाधारमाथि एक हजारभन्दा बढी चरणमा डिडिओएस साइबर आक्रमण भएको केन्द्रीय निर्वाचन आयोगकी अध्यक्ष एला पामफिलोभाले बताएकी छन् । उनले कृत्रिम बौद्धिकता प्रयोग गर्ने समन्वित समूह आक्रमणमा संलग्न भएको देखिएको बताइन् ।
युद्धविरोधी याब्लोको पार्टीलाई सर्वोच्च अदालतले निर्वाचनको केही साताअघि सङ्घीय सूचीमा उम्मेदवारी दिन रोक लगाएको थियो । यद्यपि उसका केही उम्मेदवार एकल निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा रहेका थिए । रुसले कब्जा गरेको युक्रेनी भूभागमा समेत मतदान भएको थियो ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ड्रोन आक्रमण प्रभावकारी भएको बताएका छन् भने रुसी रक्षा मन्त्रालयले त्यसको प्रतिक्रियामा किएभमा सैन्य लक्ष्यविरुद्ध आक्रमण तीव्र पार्ने चेतावनी दिएको छ । निर्वाचनको अन्तिम परिणाम सोमबार सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















