घटना, सुदुरपश्चिम प्रदेश

खोलाले बगाउँदा बाजुरामा किशोर बेपत्ता, खोजी जारी

नवलपुर टुडे
२०८३ भदौ २४ | बिहान १०:०५ बजे

बाजुरा । बाजुरामा खोलाले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ का अन्दाजी १६–१७ वर्षीय अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।

मंगलबार दिउँसो बाख्रा चराउन गएका किशोर सोही ठाउँको कालसिंगे खोला तर्ने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गगनसिंह भाटले जानकारी गराए ।

प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको नेतृत्वमा तीन र सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुरा विपद् उद्धार सुरक्षा बेस कोल्टीबाट सातजनाको टोली खटिएर बेपत्ता किशोरको खोजी जारी रहेको जनाएको छ ।

कमेन्टहरु