समाचार

सीमा सुरक्षामा थप जिम्मेवार बन्न सशस्त्र प्रहरीलाई निर्देशन

नवलपुर टुडे
२०८३ भदौ ८ | बिहान ०६:०५ बजे

रूपन्देही । सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षामा थप जिम्मेवार बन्न संगठनलाई निर्देशन दिएका छन् ।

रूपन्देहीको विन्ध्यवासिनी बाहिनी मुख्यालयमा आयोजित समारोहमा सम्बोधन गर्दै पौडेलले यस्तो निर्देशन दिएका हुन् । ्संगठनले हासिल गरेको व्यावसायिक उपलब्धिलाई व्यक्तिगत स्वार्थभन्दा राष्ट्र हितमा प्रयोग गर्न उनको निर्देशन छ ।

महानिरीक्षक पौडेलले समयानुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्चस्तरीय अनुशासन कायम गर्न निर्देशन दिए ।

नागरिकको सेवा, शान्ति सुरक्षाको कार्यमा सशस्त्र प्रहरी थप जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ छ । मानवअधिकारको सम्मान गर्दै आवश्यकताअनुसार मात्र बल प्रयोग गर्न उनले निर्देशन दिएका छन् ।

कमेन्टहरु