म्यानपावर कम्पनीमा व्यवसायीहरूले लगाए ताला

नवलपुर टुडे


काठमाडौँ । मलेसिया रोजगारीका लागि २५ वटा म्यानपावर कम्पनीलाई मात्रै सूचीकृत गरी सिन्डिकेट सुरु गरिएको भन्दै व्यवसायीहरूले दुई कम्पनीहरूमा ताला लगाएको छ ।
सङ्घका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा गएको व्यवसायीहरूको टोलीले आइतबार सूचीकृत भएका दुई म्यानपावर कम्पनीका कार्यालयमा पुगेर ताला लगाएको हो । तालाबन्दी गरिएका कम्पनीहरूमा एसिया लिङ्क सर्भिसेज र ट्रस्ट नेपाल ओभरसिज म्यानपावर रहेका छन् ।
तालाबन्दीपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खत्रीले यो कदम सिन्डिकेटविरुद्धको साङ्केतिक विरोध भएको बताए । ‘हामीले आफ्ना सदस्य संस्थाहरूलाई गलत क्रियाकलापमा नलाग्न सचेत गराउन यो कदम चालेका हौँ,‘ खत्रीले भने, ‘२५ वटा कम्पनीको सूचीमा परेर एकाधिकार जमाउन खोज्नेहरूलाई यो चेतावनी हो ।’
अध्यक्ष खत्रीले व्यवसायीहरू सधैँ कूटनीतिक र नीतिगत सुधारका लागि लड्ने भए पनि कतिपय अवस्थामा भौतिक उपस्थिति भएर कारबाही गर्नुपर्ने अवस्था आएको बताए । उनले भने- ‘हामी आज टाई–सुट नलगाई व्यवसायीको हैसियतमा आफ्ना साथीहरूलाई सचेत गराउन म्यानपावर पुगेका हौँ । सिन्डिकेटको भागिदार बन्नु भनेको समग्र वैदेशिक रोजगार क्षेत्रलाई धराशायी बनाउनु हो ।’

सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल


अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए
अरुपनि पढ्नुहोस
सबै
वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश


















