बिश्व

इन्डोनेसियाको समुद्री क्षेत्रमा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीका छाल रेकर्ड

नवलपुर टुडे
२०८३ साउन ३० | बिहान ०८:०४ बजे

जकार्ता । पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छाल रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय (बीएमकेजी) ले जनाएको छ।

स्थानीय समयअनुसार बिहान ४ः५८ बजे गएको भूकम्प करिब १५ किलोमिटर गहिराइमा रहेको थियो। त्यसपछि लगातार परकम्पहरू आएका थिए। नगेकेओ र बिमा लगायतका क्षेत्रमा करिब एक मिनेटसम्म शक्तिशाली धक्का महसुस गरिएको थियो।

भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ गएका थिए। प्रारम्भिक विवरणअनुसार ठूलो क्षति वा मानवीय क्षतिको खबर प्राप्त भएको छैन।

सुनामीको जोखिमलाई ध्यानमा राख्दै चेतावनी जारी गरिएको थियो। यद्यपि, अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले अस्ट्रेलियाको मुख्य भूभाग, द्वीप तथा अन्य भूभागमा सुनामीको खतरा नरहेको जनाएको छ। इन्डोनेसिया ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले भूकम्प र सुनामीको उच्च जोखिममा रहेको देश हो।

कमेन्टहरु