समाचार

सिरहाको गोलबजार घटना: छानबिन समितिले अध्ययन थाल्यो

नवलपुर टुडे
२०८३ साउन १९ | मध्यान्ह ०८:०४ बजे

सिरहा । सुनसरीको कप्तानगञ्ज घटनापछि सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको घटनाको छानबिन गर्न गठित समितिले काम थालेको छ। गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा आएको टोलीले घटनास्थलको अवलोकन, आवश्यक तथ्य तथा प्रमाण संकलन र सरोकारवालासँग छलफल गर्दै छानबिन प्रक्रिया अघि बढाएको हो।

छानबिन टोलीले सोमबार गोलबजारमा भएका घटनास्थलहरूको निरीक्षण गरेको थियो। मंगलबार गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सर्वदलीय बैठक आयोजना गरी विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय साहको अध्यक्षतामा व्यवसायीहरूसँग र त्यसबाहेक मुस्लिम समुदायका प्रतिनिधिसँग पनि छलफल तथा भेटघाट गरेको छ।

घटना कसरी सिरहाको गोलबजारसम्म फैलियो, आन्दोलनका क्रममा गोली चल्नुपर्ने अवस्था किन आयो र गणेशको मृत्यु कसरी भयो भन्ने विषयलाई प्राथमिकतामा राखेर छानबिन भइरहेको समिति प्रमुख शाहीले बताए।

कमेन्टहरु