प्रबास

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा २ जनालाई मृत्युदण्ड

एजेन्सी
२०८३ साउन १८ | मध्यान्ह १२:०४ बजे

तेहरान । इजरायलका लागि जासुसी गरेको आरोपमा इरानले दुई इरानी नागरिकलाई मृत्युदण्ड दिएको छ । सरकारी समाचार संस्था फार्स लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले यो जानकारी दिएको हो ।

इरानी अधिकारीहरूका अनुसार ती दुई जनामाथि इरान–इजरायल युद्धका क्रममा संवेदनशील सैन्य तथा सुरक्षा स्थलहरूको स्थानसम्बन्धी जानकारी इजरायललाई उपलब्ध गराएको आरोप लागेको थियो ।

यसैबिच, मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेशनलका अनुसार सन् २०२६ को जनवरीमा भएका विरोध प्रदर्शनसँग सम्बन्धित कम्तीमा २६ जनालाई जुलाईसम्म मृत्युदण्ड दिइसकिएको छ ।

इरानी सरकारले जासुसी, शत्रु राष्ट्रसँग सहयोग तथा राष्ट्रिय सुरक्षाविरुद्धको गतिविधि जस्ता व्यापक कानुनी आरोप प्रयोग गरेर मृत्युदण्ड दिने क्रम बढाएपछि मानवअधिकार समूहहरू चिन्तित बनेका छन् ।

कमेन्टहरु