समाचार

प्रमुख निर्वाचन आयुक्त कार्कीले लिए शपथ

नवलपुर टुडे
२०८३ साउन १४ | मध्यान्ह ०७:०४ बजे

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासमक्ष उनले पद तथा गोपनियताको शपथ लिएका हुन्।

त्यस्तै, आयुक्तद्वय गुरु वाग्ले र डा. राजीव सुब्बाले पनि पद तथा गोपनियताको शपथ लिए। वाग्ले र सुब्बाले प्रमुख निर्वाचन आयुक्त कार्कीबाट शपथ ग्रहण गरेका हुन्।

संसदीय सुनुवाइ समितिले बुधबार प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको थियो। संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नियुक्त गरेका थिए।

कमेन्टहरु