सुनचाँदीको मूल्य बढ्यो

रासस
२०८३ साउन १० | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य केही बढेको छ । शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० र चाँदी ६० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४१० निर्धारण भएको छ ।
शुक्रबार एक तोला सुनको मूल्य दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३५० निर्धारण भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





















