चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै

रासस


चितवन, साउन ९। जिल्ला प्रहरी कार्यालय चितवनले अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ । विगत तीन आर्थिक वर्षमा फैसला कार्यान्वयनको क्रममा फरार प्रतिवादी पक्राउ पर्नेको सङ्ख्या बढ्दै गएको छ ।
प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि गत आर्थिक वर्षमा ८७७ जना पक्राउ गरी जिल्ला अदातलमा पेस गरेको छ । पक्राउ परेकाबाट फैसला कार्यान्वयनका लागि १२२ वर्ष आठ महिना २० दिन कैद र रु छ करोड ७६ लाख ४७ हजार ६१९ जरिवाना असुल गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
फैसला कार्यान्वयनका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । बाहिर बसेर मुद्दा लड्ने तर फैसला आएपछि लुकिछिपी बस्ने गरेका व्यक्तिलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड


सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
अरुपनि पढ्नुहोस
सबै

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश
















