‘दुनियाँको कुनै ताकतले इरानबाट स्ट्रेट अफ होर्मुज खोस्न सक्दैन’


तेहरान । इरानका पूर्वविदेशमन्त्री तथा सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले स्ट्रेट अफ होर्मुज इरानको स्वामित्वमा रहेको दाबी गर्दै विश्वको कुनै पनि शक्तिले त्यसलाई इरानबाट खोस्न नसक्ने बताएका छन् । ‘विश्वको कुनै पनि ताकत इरानको स्वामित्वबाट स्ट्रेट अफ होर्मुजलाई खोस्न सक्दैन,’ इरानको सरकारी टेलिभिजनसँग कुरा गर्दै उनले भने ।
‘सर्वोच्च नेता आयतुल्लाह सैयद मोज्तबा खामेनीको साहसी र दूरदर्शी नेतृत्वमा ४० दिनसम्म चलेको युद्धपछि स्ट्रेट अफ होर्मुज इरानको सार्वभौमिक नियन्त्रणमा आएको एक महत्त्वपूर्ण उपलब्धि हो,’ बेलायतीले थप दाबी गर्दै भने । यसैबिच, अमेरिकाले इरानले स्ट्रेटमा जहाजहरूलाई धम्की दिन सक्ने क्षमता कमजोर पार्ने उद्देश्यसहित इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ ।
पछिल्ला दिनहरूमा इरानले हर्मुज जलडमरूमध्यको वैकल्पिक समुद्री मार्ग प्रयोग गरिरहेका तेल ट्याङ्करहरूलाई निशाना बनाएपछि अमेरिका आक्रमणलाई तीव्र बनाएको हो । यसको जवाफ स्वरूप इरानले बहराइन, कुवेत लगायत खाडी क्षेत्रका अमेरिकी सैन्य लक्ष्यहरूमाथि आक्रमण गरिरहेको छ ।






















