नवलपरासीमा प्रतिबन्धित लागुऔषधसहित दुईजना पक्राउ


नवलपरासी । पश्चिम नवलपरासीबाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सरावल गाउँपालिका- ४ बस्ने बर्ष २० को रमेश हरिजन र सोही गाउँपालिका- ५ बस्ने बर्ष १८ को राम प्रसाद हरिजन रहेका छन ।
प्रहरीका अनुसार सरावल गाउँपालिका- ३ कुठीलाहा आसपासमा ठूलो परिणाममा लागुऔषध बिक्रिवितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा लागुऔषध ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासीको संयुक्त टोलीले कोठीलाहास्थित भिमटाडीदेखि सरावल आउने ग्रावेल सडक खण्डमा चेकजाँच गर्नेक्रममा युपि ५७ एएस ३२३५ नम्बरको भारतीय नम्बरको मोटरसाइकललाई शंका लागि रोकी चेकजाँच गर्दा मोटरसाइकलको दाहिने तर्फको लेग गार्डमा झुण्डाई राखेको बोरा भित्र प्लास्टिकमा लुकाई राखेको अवस्थामा बरामद गरी नियन्त्रणमा लिईएको हो ।
उक्त बोरा भित्र प्लाष्टिकमा डाईजेपाम २०० एम्पुल, फेनेरागन २०० एम्पुल र बुप्रिनोफिर्न २०० एम्पुल गरी जम्मा ६०० एम्पुल फेला पारी बरामद गरिएको छ । पक्राउ परेका दुबै जनालाई असार ३० गते मंगलबारदेखी लागु हुने गरी असार ३१ गते बुधबार सम्मानित जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भैरहेको सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक मदन थापाले नवलपुर टुडेलाई जानका






















