पानी पर्न थालेपछि डेङ्गुको जोखिम बढ्यो

रासस


काठमाडौँ । पानी पर्न थालेपछि डेङ्गु सङ्क्रमणको जोखिम बढेकाे छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गुको जोखिम पनि बढ्ने बताए ।
“केही दिनअघि परेको पानीले डेङ्गु सङ्क्रमण बढाउने खतरा रहेको छ”, उनले भने, “आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेङ्गु सार्ने लामखुट्टेको विकास हुने गर्दछ । र त्यही लामखुट्टेले डेङ्गु सार्ने गर्दछ ।” उनले पानी पर्न सुरु गरेकोले डेङ्गु सङ्क्रमणको जोखिम पनि बढेको बताए । उनले डेङ्गुबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।

सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल


अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए
अरुपनि पढ्नुहोस
सबै
वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश


















